बाजुराको बुढीनन्दा-५ मा मतदान जारी

बाजुरा- बाजुराको बुढीनन्दा-५ मा रोकिएको निर्वाचन आज शनिबार भइरहेको छ । यहि मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदान प्रक्रिया सोही क्षेत्रमा रोकिएको थियो ।

बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको जनाएका छन् । यो केन्द्रमा ९ सय ९९ जना मतादाता रहेको पनि उहाँले बताउनु भयो ।

राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निणर्य भइनसकेको उहाँले बताउनुभयो । मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निणर्य पछिमात्र मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

आयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ । यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । सोही घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.