कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना बिद्यालयको ब्यबस्थापकिय सुधार शुरु

अत्तरिया– दुर्गालक्ष्मी नमुना बिधालय अत्तरियाको ब्यबस्थापन समितीले ब्यबस्थापकिय सुधार शुरु गरेको छ । समितीले बिद्यालयमा बिद्यार्थीले बिद्यालय ड्रेस लगाएको नलगाएको, शिक्षकहरु समयमा आए नआएको लगायतका बिषयमा चासो राखेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सोमबार अनुगमन गरेका छन । समितीका अध्यक्ष गणेश शाहले बिद्यालयको समग्र पक्षको सुधारको लागी पहल थालिएको बताए । उनले बिद्यालयमा शौचालयको अबस्था नाजुक रहेकाले त्यसको सुधार गरिने बताए ।

Navadurga sun

त्यस्तै उनले खेल मैदानको अभाब देखिएकाले त्यसको पनि समाधान खोजिने बताए । अनुगमनको क्रममा विद्यालय समय तोकिएको भन्दा ढिला आउने शिक्षक विद्यार्थीहरुलाई केही समय गेट बाहिर राखिएको थियो । सो क्रममा नगरप्रमुख भट्टले शौचालयको समेत अनुममन गरेका थिए । दुर्गालक्ष्मी यस क्षेत्रको ठुलो र नमुना बिद्यालय हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...