सुदूरपश्चिममा सन्चालीत अधिकास योजनाका कटौती गरको आरोप लगाए : सुप इन्चार्ज भट्ट

अत्तरिया- नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालीत अधिकास योजनाका कटौती गरको आरोप लगाएका छन ।

गौरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै उनले बजेट कटौती हुँदा योजना रोकिएको बताए ।

Navadurga sun

उनले सुदूरपश्चिममा सन्चालन धनगढी-स्याउले-दिपायल, चौमाला-खैराला, राजिपुर-वालुवागडा, चौकिडाडा-वलानि-फल्टुड लगायत विभिन्न नदिका तटबन्धको समेत बजेट कटौति गरेको बतए ।

उनले सन्चालीत योजनाहरुको बजेट कैटौति हुदा काम गरेका मजदुरको समेत ज्याला रोकिएको बताउदै उनले मजदुरको ज्याला रोकिएर समस्या पर्दा पनि सरकार चुप बसेको आरोप लगाए । सुखि नेपाली, समृद्ध नेपालको नारा बाकेर देशको बिकासमा लहर वनाएको देखेर सबै दल डराएको बताउदै उनले देशमा बिकास भए अरु दलको भागाभाग हुने भन्दै सबेै एक भएर विकासको पक्षमा रहेको एमालेलाई पछि पार्न खाजेको बताए ।

सुदूरपश्चिमको बिकासका लागि आफुले महत्वपुणर् भुमिका खेलेको बताउदै उनले आफुले जिते अबका ५ बर्षमा सुदूरपश्चिममा सुरु गरेका योजनालाई पुणर् रुप दिने बताए । सुदूरपश्चिममा आफुले सन्चालनमा ल्याउन पहल गरेका उद्योग सन्चालनमा आए रोजगारीका लागि बाहिर जानू पर्ने बाध्यताको अन्त्य हुने दावि गर्दै उनले उद्योग सन्चालनमा आए सुदुरपश्चिमको मात्रै नभएर देशकै समृद्धि हुने बताए ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार भिम देउवाले जनपक्षिय दल नेकपा एमाले र राष्ट्रघाति गठबन्धन बिचको लडाई भएको बताएका छन ।

एमालेलाई जिताएरमात्रै देशले निकास पाउने बताउदै उनले गठबन्धनले जिते भ्रष्टाचार बढ्ने र कार्यकर्ता पालन पोषण गरेर देश खोक्रो बन्ने बताए । उनले देशमा लामो समय नेत्रित्व गरेको नेपाली काग्रेसले गरेका काम भन्दा त छोटै समय नेत्रित्व गरेको एमालेले बढी काम गरेको बताए ।

गठबन्धन नेत्रित्व स्थानिय तहमा जितेका ठाउमा बिकास भन्दा दलहरु बिच भाग वन्डामा लफडा सुरु भएको बताउदै उनले प्रदेश र प्रतिनिधि सभामा गठबन्धनले जिते प्रधानमन्त्रि र मन्त्रि बनाउन नेै लफडा हुने बताए ।

उनले शिक्षा, स्वास्थ्य र आवासको उचित ब्यबस्थाका लागि नेकपा एमालेले जित्न आबश्यक रहेको बताए । उनले एमालेले जिते मात्रै देशमा बिकासले गति लिने दावि गरेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...