पहिरोका कारण अवरुद्ध भएको ५ महिनापछि खुल्यो साँफे–मार्तडी सडक

Dadeldhura hospital

मार्तडी– नेपालमा मनसुन सुरु नहुँदैको वर्षासँगैको पहिरोले गत जेठदेखि अवरुद्ध भएको बाजुरा सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडक सञ्चालनमा आएको छ। अम्कोट खण्डमा गएको पहिरोका कारण साँफे–मार्तडी सडक ५ महिनादेखि अवरुद्ध थियो। वर्षात् कम भएपछि पहिरो हटाउन सुरु गरिएकोमा करिब ३ साताको नियमित प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।

Ganyapdhura gau

बाजुराको बुढीगंगा नगरपालिका–१ क्षेत्रमा विगत ४ वर्षदेखि पहिरो, गेग्रान बहान र बाढीका कारण सडक अवरुद्ध हुँदै आएको छ। यसअघि गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो। साँफे–मार्तडी सडकखण्ड सञ्चालनमा आएपनि मार्तडी–कोल्टी सडकखण्ड भने सञ्चालनमा आउन सकेको छैन।

 

Loading...