एकीकृत समाजवादीले देउवालाई सहयोग नगर्ने, कांग्रेस (बिपी)सँग यस्तो सम्झौता

काठमाडौ- सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीले डडेल्धुरामा नेपाली कांग्रेस (विपी)लाई सघाउने भएको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई सघाउने सहमति एकीकृत समाजवादी र विपी कांग्रेसबीच भएको हो।

अघिल्लो पटक प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका छन्। यस अघि एमालेले प्रतिनिधि सभामा विपी कांग्रेसलाई सघाउने बताएको थियो। तर, उक्त सहमति तोडिइसकेको छ।  यहाँ एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार छैनन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...