एकीकृत समाजवादी बाजुराका अध्यक्ष रावल एमालेमा फर्किए

काठमाडौं– नेकपा एकीकृत समाजवादी बाजुराका अध्यक्ष गगन रावल एमालेमा फर्किएका छन्। शुक्रबार एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले उनलाई एमालेमा स्वागत गरे। कार्यक्रममा रावलले अब अन्यत्र कतै जाने ठाउँ नरहेकाले पनि आफू एमालेमै फर्किएको बताए।

‘तत्कालीन नेकपा हुँदा स्थापनइतरमा लाग्न मन नहुँदा नहुँदै पनि बहुमतका पक्षमा लागियो। अद्यपि, कसलाई बहुमत भन्ने बसह हुँदै थियो त्यो बेला’, उनीले भने।

Navadurga sun

१४ वर्षको उमेरदेखि एमालेको पार्टी निर्माणमा लागेको तर, अहिले एक जनालाई पनि समाजवादी बनाउन नसकेको उनले बताए। पार्टी बनाउन गाह्रो हुने रहेछ भन्ने महसुस भएकाले एमालेमै फर्केको रावलले बताए। ‘म अलिक अगाडि नै फर्केने सोच बनाएको थिएँ। तर, साथीहरुको सल्लाहले रोकिएँ’, रावलले भने।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...