कृष्णपुर नगरपालिकाले बाढीप्रभावति ३५ घरधुरीलाई त्रिपाल वितरण

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बाढीपिडितलाई त्रिपाल वितरण गरिएको छ । पालिकाको वडा नं. ६ का ३५ घरधुरीलाई राहत स्वरुप त्रिपाल वितरण गरिएको हो ।

त्रिपाल पाउनेहरुमा माघी देवी चौधरी, वतीराम चौधरी, सावित्री राना, मिना चौधरी, रामकलि डगौरा, लाल बहादुर चौधरी, फिरु लाल चौधरी, हिरालाल चौधरी, नवराज भट्ट, जोग राज राना, रघुनाथ राना, रिमा दहित, राम ओड, धन बहादुर ओड, सिवी रैकाल, पदम लोहार, लक्ष्मी देवी सुनार, मल्टे लुहार, सरिता, लुहार, निर्मला सुनार, सरु देवी ओड, विस्ना देवी लोहार, कलापति लुहार, तारा नागरिक, कमली दमाई, दुली देवी ढोली, कमला देवी रोकाया, विनन्दा चौधरी, विजन्दा चौधरी, असोख चौधरी, खुशी राम चौधरी, विसराम चौधरी, खगेन्द्र जोशी र करण ओड रहेका छन् ।

Navadurga sun

कृष्णपुर नगरपालिकाकी उप-प्रमुख द्रोपती राना र कृष्णपुर नगरपालिका वडा नं.६ का वडा अध्यक्ष बाबुराम चौधरीले संयुक्त रुपमा राहत स्वरुप त्रिपाल वितरण गरेका हुन् ।

त्यस्तै नगरपालिकाले छुटपिट भएकाले निवेदन दिन अनुरोध गरेको छ । त्यसरी प्राप्त भएको निवेदनको आधारमा वास्तविक पिडित हुन वा होइन त्यसको निरिक्षण गरी दिइने वडा अध्यक्ष चौधरीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...