उम्मेदवार विरुद्ध उजुरी दिने दिन आज

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। सोमबार विहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिनु पर्ने छ ।

आयोगको निर्वाचन कार्यक्रम अनुसार नै आज उजुरीका लागि समय दिइएको हो । मनोनयन पत्र र आज परेको उजुरी उपर जाँचबुझ गरी असोज २५ गते ३ बजेदेखि ५ बजेसम्म आयोगले निर्णय गर्ने छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि असोज २५ गते आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ ।

यस्तै, असोज २६ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरूलाई आयोगले निर्वाचनको चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.