
बाजुरा- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । आइतबार अपरान्ह ४ः ४० मा निर्वाचन अधिकृतको कार्यालय पुगेर पाण्डेले मनोनयन दर्ता गराएका हुन् ।
बाजुरामा प्रदेशसभातर्फ प्रदेशसभा (क) माओवादीका कर्णबहादुर बिक र (ख) मा कांग्रेसका पदम बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
