कैलालीमा कांग्रेसका ओझा र भण्डारीले दिए स्वतन्त्र उम्मेदवारी, नागरिक उन्मुक्तिका डंगौरा पनि स्वतन्त्र उम्मेदवार

कैलाली- नेपाली कांग्रेसको कारवाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले कैलाली–५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि उनी कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं. ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. २ (ख) बाट सन्तु डंगौरा थारुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.