इटहरी उपमहानगरका पूर्व-मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं- इटहरी उपमहानगरका पूर्व(मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता चौधरीलाई पार्टी प्रवेश गराएका हुन्। प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चौधरीलगायत एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिएका हुन्।

माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गरेका हुन्। उनलाई माओवादीले सुनसरी-२ को (क) बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएको बुझिएको छ।

Navadurga sun

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पसिन एमालेमै थिए। इटहरीका पूर्व मेयर चौधरी विवादास्पद पृष्ठभूमिका नेता हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...