पूर्वराजा शाहद्वारा दशैँको शुभकामना, देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड

काठमाण्डौ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गरे ।

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उनले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताए । नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि बनेको र अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी समेत गरे।

Navadurga sun

पदलोभ, सत्तास्वार्थ र सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र नागरिकको हालत के होला रु उनले प्रश्न गरे । उनले भने छ, ‘राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् ।’ हाम्रा कुनै पनि कार्यले देश कहिल्यै पनि हार्न नहुनेमा पनि पूर्वराजा शाहको जोड छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...