रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष!

काठमाडौँ- विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ।राप्रपाका एक पदाधिकारीका अनुसार वरिष्ठ उपाध्यक्ष बन्नेगरी मिश्रलाई बुधबार वृहत् ध्रुवीकरण कार्यक्रममार्फत पार्टीमा प्रवेश गराउने कार्यक्रम राखिएको छ।

बुधबार दिउँसो साढे १२ बजे राजधानीको भृकुटिमण्डपमा राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा समारोह आयोजना हुने राप्रपा प्रचार विभागले जानकारी दिएको छ।

मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठकलगायतको समूह पनि राप्रपा प्रवेश गर्ने कार्यक्रम राखिएको छ। यसअघि मिश्रले सोमबार मात्रै विवेकशील साझा पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...