प्रतिनिधिसभामा दार्चुला कांग्रेसबाट उद्योगमन्त्री बडूसहित चार जना सिफारिस

काठमाडौँ- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट सिफारिस भएका छन् । कांग्रेसको दार्चुला जिल्ला समितिले बडूसहित चार नेतालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेर केन्द्रीय समितिमा पठाएको हो । कांग्रेसको जिल्ला समिति, दार्चुलाका सभापति ललितसिंह बोहोराले मन्त्री बडूसहित चार जनालाई प्रत्यक्षतर्फ, प्रदेश सभाका दुवै क्षेत्र र समानुपातिकमा नेताहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको जानकारी दिए । जिल्ला समितिको निर्णयअनुसार बुधबार केन्द्रीय समितिमा सिफारिस पठाइन लागेको उनले बताए ।

Dadeldhura hospital

दार्चुला कांग्रेसले बडूसँगै नेताहरू विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो । समानुपातिकमा जिल्ला सभापति ललितसिंह बोहोरा, गणेश भट्ट, पदमराज पन्त, नन्द बम र अमरसिंह धामीलाई सिफारिस गरिएको छ । बोहोरा र बमलाई प्रदेश सभा (क) को प्रत्यक्षमा उम्मेदवार बनाउन पनि सिफारिस गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतिनिधिसभामा प्रत्यक्षमा बडूले उम्मेदवार बन्न चाहेमा सिफारिसमा परेका अन्य नेताहरू पछि हट्ने बताइएको छ । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसले उम्मेदवारी पाउने पक्कापक्की रहेको सभापति बोहोराले बताए । उनले गठबन्धनको केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने पनि जानकारी दिए । दार्चुलाबाट एमालेले हालका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नालाई सिफारिस गरेको छ । उनलाई एमालेले एकल सिफारिस गरेको हो भने माओवादी केन्द्रले २०६४ का संविधासभा सदस्य लक्ष्मणदत्त जोशीलाई सिफारिस गरेको छ ।

 

Loading...