डडेल्धुरामा एमालेबाट प्रतिनिधि सभा बोहरा सिफारिस,प्रदेशमा को-को भए !

धनगढी- डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो। सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन्।

यस्तै प्रदेश (क) मा चक्रप्रसाद स्नेहि र (ख) मा गजेन्द्रबहादुर शाही सिफारिस भएका छन्। प्रतिनिधि सभामा सिफारिस भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि हुन्।उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (क) बाट चुनाव जितेका थिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...