कला निर्देशक उद्धवराज भट्टराईको निधन

काठमाडौं- कुशल कला निर्देशक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान बैतडीबाट काठमाडौं आउने क्रममा चतवन आइपुग्दा आफू सवार बसमै निधन भएको हो।

४४ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा कला निर्देशक तथा भेषभुषा प्रबन्धकको रुपमा सक्रिय भट्टराईले धेरै फिल्ममा अभिनय समेत गरेका छन्। उनले ‘सेतोबाघ’, ‘माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, ‘राजमति’, ‘लर्ड बुद्ध’, ‘प्रेम-पिण्ड’, ‘मुनामदन’, ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’, ‘भाग्यरेखा’, ‘सन्तान’ लगायतका थुप्रै फिल्ममा कला निर्देशकको रुपमा काम गरेका थिए।

Navadurga sun

नेपाली सिने क्षेत्रको विकिपेडियाको नामले समेत चिनिने भट्टराई जुँगे दाईका नामले समेत चर्चित थिए। उनको आकर्षक जुङ्गा देखेर स्व। पत्रकार पुष्करलाल श्रेष्ठले उनको नाम जुँगे भट्टराई राखिदिएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...