बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका थिए। घाइते हुनेमा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका थिए।

Navadurga sun

घाइतेमध्ये गम्भीर अवस्थाकी रामशरा देवी सिंहको राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते अन्य चार जनाको उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते तथा मृतकलाई उपचारका लागि कोल्टीस्थित आधारभूत अस्पताल पठाइएको प्रहरीले जनाएको ।

दुर्घटनामा शुक्रबार राति जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो।

शुक्रबार साँझ साढे ६ बजेको समयमा जगन्नाथ गाउँपालिका–३ दाउणा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको थियो।

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ADD Khali jpg
Loading...