कैलालीबाट अवैध सामान बरामद

धनगढी- कैलालीबाट २ लाख २९ हजाको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख २९ हजार ४ सय बराबरको सामान प्रहरीले बरामद गरेको हो।

Navadurga sun

उक्त मुल्य बराबरको बिडी, सुर्ति, धोति, ब्लाउज, सुटपिस, साडी लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
Loading...