’छठले सामाजिक र धार्मिक सहिष्णुता बलियो बनाउँछ’ : मुख्यमन्त्री भट्ट

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा श्रद्धासँग जोडिएको यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकताको भावना बलियो बनाउने उल्लेख गरेका छन्।

Navadurga sun

मुख्यमन्त्री भट्टले नेपालको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवद्र्धन गर्दै समतामूलक समाज र समृद्ध प्रदेश निर्माणका लागि छठ पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरे । रासस

ADD Khali jpg
Loading...