धनगढी- कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।






घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।





पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहितका १० जना रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ६० हजार १७५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




