छठ पर्वको अवसरमा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।




गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार छठ पर्वको अवसरमा यही कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइएको छ। साथै, छठ पर्वको परम्पराअनुसार भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।







छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहिआएको छ। सोही परम्परालाई मध्यनजर गर्दै सरकारले छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने व्यवस्था गरेको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक बिदाबारे जानकारी गराइएको छ।
मन्त्रालयले २०८३ कात्तिक २७ गते जारी गरेको सूचनामा उक्त जानकारी दिएको हो।




