अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

अछाम- अछाममा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भीरबाट लडेर १ सय ५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भीरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए ।

Navadurga sun

घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि गणेश डिस्चार्ज भएका बताउँदै बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाएइकोमा उपचारका क्रममा शनिबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले जानकारी दिए ।

ADD Khali jpg
Loading...