कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्युत् लाइन सर्ट हुँदा एक गाई गोठमा आगलागी भएको छ।


शुक्लाफाँटा नगरपालिका–७, जुडास्थित स्थानीय माया विष्टको गाई गोठमा शनिबार दिउँसो विद्युत् लाइन सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

आगलागीबाट गोठमा रहेका अन्दाजी १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
