अत्तरियामा ‘नृत्य मञ्च’ विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न, इसीका पूजारा प्रथम

अत्तरिया- ‘प्रतिभाको सम्मान, नृत्यको पहिचान’ भन्ने नाराका साथ गुरुकुल डान्स एण्ड फिटनेसले आयोजना गरेको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च’ को समापन कार्यक्रम असोज २४ गते अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ।

गुरुकुल डान्स एण्ड फिटनेसका सञ्चालक जगदीश कोटारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल कडायत र प्याप्सन गोदावरीका अध्यक्ष मदन जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

Navadurga sun

कार्यक्रममा संस्थाका सल्लाहकार भुवन केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन द डान्सर सर्कलका लोकेश बोहरा र गुरुकुल डान्स एण्ड फिटनेसका हरि कडायतले गर्नुभएको थियो।

प्रतियोगिताको फाइनल राउन्डमा गोदावरी पब्लिक स्कुलकी विद्यार्थी इशीका पूजारा प्रथम स्थान हाँसिल गर्दै बिजेता बनेकी हुन्। विजेता पूजाराले नगद २० हजार १०५ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेकी छिन्। त्यस्तै द्वितीय हुनेमा सत्यवती एकेडेमीकी विधार्थी रिजुम बि.क. भएकी छिन् भने उनलाई नगद १५ हजार १०५ नगद सहित सम्मान गरिएको छ। त्यस्तै तृतीय स्थान हासिल गर्न सफल पुष्पाञ्जलि आवासिय विद्यालयका विद्यार्थी प्रितम बोहरालाई रु. १० हजार १०५ पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टप १२ मा पर्न सफल अन्य नौ जना प्रतियोगीमा पैयाल कोली, बबिता कुँवर, कनिनाथ खड्का, काजल खड्का, सृष्टि बोहरा, अनिका बिष्ट, डिजी बोहरा, अलिसा ऐर र लोहीका पूजारा रहेका छन्।

विद्यालयस्तरका प्रतिभाहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नृत्य प्रतिको रुचि र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्दै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...