कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।

यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले मतदान समय सारेर बिहान १० बजेबाट सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।

Navadurga sun

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। प्रतिनिधिको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश तथा प्रतिनिधित्वका आधारमा मतदान केन्द्र छुट्याइएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानबाट पार्टीको आगामी नेतृत्वसँगै विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यको टुंगो लाग्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...