अछाम- वन्यजन्तु अवैध शिकार मुद्दामा फरार रहेका अछामका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बान्नीगढी जयगढ गाउँपालिका–६ का ३६ वर्षीय जयन्द्र शाह रहेका छन्।






जिल्ला अदालत अछामको २०८२ फागुन १६ गतेको फैसलाले वन्यजन्तु अवैध शिकार मुद्दामा शाहलाई १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका शाहलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।





पक्राउ परेका शाहलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।




