जिपको ढोका खुलेर खस्दा बैतडीका २८ वर्षीय युवकको मृत्यु

दार्चुला- दार्चुलामा जिपको ढोका खुलेर खस्दा बैतडीका एक युवकको मृत्यु भएको छ।

दार्चुलाको मार्मा गाउँपालिका–३, बिटुलेस्थित गोकुलेश्वर–लटिनाथ सडकखण्डमा बिटुलेबाट गन्नातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६९० नम्बरको जिपको बायाँतर्फको ढोका खुलेपछि जिपमा सवार बैतडीको डिलासैनी गाउँपालिका–२ का २८ वर्षीय सन्तोष जाग्री सडकमा खसेका थिए।

Navadurga sun

सोमबार दिउँसो जिपबाट खसेर गम्भीर घाइते भएका जाग्रीलाई उपचारका लागि मालिकार्जुन अस्पताल, दार्चुला हुँदै जिल्ला अस्पताल बैतडी लगिएको थियो। जिल्ला अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनलाई सोही राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनापछि प्रहरीले जिप र चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २५ वर्षीय मनोज घरेडीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...