धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।

गए राति करिब ९ः३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्।

Navadurga sun

घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।

घाइते सबैलाई राति करिब ११ः०५ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको छ।

ADD Khali jpg
Loading...