गोदावरीका तीन खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि १० करोड बढीको ठेक्का

अत्तरिया- गोदावरी नगरपालिकाले गोदावरी, खैराना र खुटिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्री शुल्क संकलनका लागि कुल १० करोड २३ लाख ४१ हजार १०२ रुपैयाँमा ठेक्का लगाएको छ।

नगरपालिकाले आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी रकम कबोल गर्ने तीन फर्मलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरेको हो। तीनवटै प्याकेजका लागि नगरपालिकाले तोकेको न्यूनतम कबोल रकम ८ करोड ३ लाख ४९ हजार ४६७ रुपैयाँ रहेको थियो। प्रतिस्पर्धाका क्रममा कबोल रकम बढेर ९ करोड ३० लाख ८२ हजार १०२ रुपैयाँ पुगेको नगरपालिकाले जनाएको छ।

Navadurga sun

गोदावरी खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि क्रेटिभ कन्स्ट्रक्सन, गोदावरी–२ ले ९७ लाख ५९ हजार ८८० रुपैयाँ कबोल गरेको छ। नगरपालिकाले उक्त प्याकेजका लागि न्यूनतम १ करोड ५४ लाख २८ हजार ९५७ रुपैयाँ कबोल रकम निर्धारण गरेको थियो।

नगरपालिकाले बोलपत्र प्रक्रियाबाट छनोट भएका फर्मलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गर्दै तोकिएको समयभित्र कुनै दाबी वा उजुरी भए पेश गर्न समेत आह्वान गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...