३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन नगरप्रमुख हमालको आग्रह

धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले ३० वर्षमाथिका सबै नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा असोज ८ गतेदेखि जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार अभियान असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

Navadurga sun

अभियानअन्तर्गत ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइँदैछ। नगर प्रमुख हमालले आफूले समेत खोप लगाएर अभियानमा सहभागी हुँदै लक्षित उमेर समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गरेका छन्।

उनले संक्रमणबाट जोगिन खोप अभियानमा सहभागी हुन र आफ्नो नजिक पर्ने वडा स्वास्थ्य कार्यालयसँग समन्वय गरी खोप लगाउन नगरवासीलाई अनुरोध गरेका छन्।

स्वास्थ्य कार्यालय कैलालीले पनि लक्षित उमेर समूहका नागरिकलाई अभियानको अवधिभित्रै खोप लगाई जापानिज इन्सेफलाइटिसबाट सुरक्षित रहन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...