भारी वर्षाको जोखिमपछि सुदूरपश्चिमका विभिन्न रुटमा चल्ने लामो दूरीका बस सेवा प्रभावित

कैलाली- सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण सुदूरपश्चिमका विभिन्न रुटमा चल्ने लामो दूरीका बस सेवा प्रभावित भएका छन्।

यातायात व्यवसायीहरूले शुक्रबारदेखि आइतबारसम्म पहाडी रुटसँगै धनगढीबाट काठमाडौं, पोखरा लगायतका लामो दूरीका बस सञ्चालनमा रोक लगाएका छन्। सेवा रोकिएपछि उपचार तथा अन्य कामका लागि धनगढी आएका यात्रुहरू अलपत्र परेका छन्।

Navadurga sun

व्यवसायीहरूका अनुसार मौसमको अवस्था र सरकारी निर्देशनलाई ध्यानमा राखेर यात्रु तथा चालकको सुरक्षाका लागि बस सेवा स्थगित गरिएको हो। मौसममा सुधार आएपछि मात्रै नियमित सेवा सञ्चालन गरिने बताइएको छ।

यात्रुहरूलाई आवश्यक परे सम्बन्धित यातायात कम्पनीसँग बस सञ्चालनको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...