दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला- दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान दुहुँ गाउँपालिका–२ हेकातीका ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको हो ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरीक्षक केशव शर्माले घरभन्दा २ किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्नेक्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको बताए ।

मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत थिइन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...