श्रीमती र प्रेमीसहित पाँच जना पक्राउ, श्रीमान् को हत्या गरी शव कर्णालीमा बगाएको आरोप

धनगढी- कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमान् को  हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय दिपक सुनारको हत्या आरोपमा उनकी श्रीमती यमुना सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा मृतककी श्रीमती यमुना सुनार, उनका प्रेमी लम्कीचुहा नगरपालिका–१० का दुर्योधन सुवर्णकार, टीकापुरका रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका–कलकत्ताका भीमा राना र बिरेन्द्र राना रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा यमुना सुनारले प्रेमी दुर्योधन सुवर्णकारसँग मिलेर श्रीमान् दिपक सुनारको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। योजनाअनुसार यमुनामार्फत दिपकलाई अरामवतीको जंगलमा बोलाइएको र त्यहाँ पुगेपछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीसमक्ष दिएको बयानअनुसार हत्या गरेपछि घटना लुकाउने उद्देश्यले शवलाई टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको बताइएको छ।

घटनामा संलग्न अन्य व्यक्ति, हत्याको वास्तविक कारण तथा शव व्यवस्थापनमा संलग्न व्यक्तिहरूको भूमिकाबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...