देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागसहित कर्णाली र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ।

Navadurga sun

रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। साथै वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...