गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले करार सेवाअन्तर्गत प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयमा आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ। यसअनुसार विभिन्न विषयमा कुल १७ जना उम्मेदवार छनोट भएका छन्।

Navadurga sun

सह–प्राध्यापक पदमा एनाटोमीका लागि ईजु श्रेष्ठ, फिजियोलोजीका लागि डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीका लागि चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीका लागि सरोज कुँवर, नर्सिङका लागि सीग्मा भट्टराई, ईएनटीका लागि भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगका लागि रविन्द्र देव भट्ट, जनरल सर्जरीका लागि विवेक खम्बु, एनेस्थेसियोलोजीका लागि रोविन खापुङ, डेन्टल सर्जरीका लागि नशिव पाण्डेय, बालरोगका लागि विकास भण्डारी, रेडियोलोजीका लागि अशोकराज पन्त तथा अर्थोपेडिक्सका लागि शिवराज पनेरु छनोट भएका छन्।

त्यसैगरी प्राध्यापक पदमा फोरेन्सिक मेडिसिनका लागि केशव श्रेष्ठ, फार्माकोलोजीका लागि विजय अर्याल, इन्टरनल मेडिसिनका लागि चिरञ्जीवी पन्त तथा अफ्थाल्मोलोजीका लागि विक्रमबहादुर थापा छनोट भएका छन्।

विश्वविद्यालयले अन्तिम नतिजामा नाम समावेश भएका सबै सफल उम्मेदवारलाई २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित उपस्थित भई नियुक्ति प्रक्रिया सम्पन्न गर्न विश्वविद्यालयले अनुरोध गर्दै यो नतिजा करार सेवाअन्तर्गत शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणका रूपमा सार्वजनिक गरिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...