देशभर चिकित्सकको आन्दोलन, सेती अस्पतालमा सेवा प्रभावित

धनगढी- नेपाल चिकित्सक संघको आह्वानमा सेती प्रादेशिक अस्पतालमा आज दोस्रो दिन पनि आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै आन्दोलन जारी राखिएको हो।

Navadurga sun

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. खगेन्द्र भट्टका अनुसार सरकारले घटनाप्रति आवश्यक संवेदनशीलता नदेखाएको र दोषीमाथि कानुनी कारबाही गर्न ढिलाइ गरेको भन्दै देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको हो।

आन्दोलनका कार्यक्रमअन्तर्गत चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिएर विरोध जनाउने कार्यक्रमसमेत तय गरिएको संघले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...