देशभर मनसुनी प्रभाव कायम: आज पनि चट्याङ्गसहित वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशका अधिकांश क्षेत्रमा बादल लागेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कोशी र मधेसका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Navadurga sun

आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...