बैंककको बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

एजेन्सी/बैंकक- थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। आइतबार मध्यरातपछि भएको घटनामा आगो तीव्र रूपमा फैलिँदा बारभित्र रहेका ग्राहकहरू भाग्न खोज्दा ठूलो मानवीय क्षति भएको हो।

Ganyapdhura gau

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ। मृतकमध्ये नौ पुरुष र १८ महिला रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ।

Navadurga sun

आगो लागेपछि धेरै मानिस भवनको पछाडितर्फ भागेर शौचालयमा लुकेका थिए। तर धुवाँले निसास्सिँदा उनीहरूको मृत्यु भएको प्रधानमन्त्रीले बताएका छन्। उनका अनुसार प्रस्तुति दिइरहेका एक सङ्गीतकारले कट–आउट स्विचमा आगो सल्किएपछि विस्फोट भएको र त्यसपछि आगो तथा धुवाँ तीव्र रूपमा फैलिएको जानकारी दिएका थिए। अधिकांश शव शौचालयभित्रै फेला परेका छन्।

Dadhaldhura pur

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको, मानिसहरू चिच्याउँदै बाहिर भागिरहेको तथा भागदौडका क्रममा केही मानिस लडेको देखिन्छ। कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको दृश्य पनि भिडियोमा देखिएको छ। अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो क्षति भइसकेको थियो।

बैंककको चाटुचक जिल्लामा रहेको ‘रोङ बियर ना लात फ्राओ’ नामक उक्त बार स्थानीय क्षेत्रमा लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जनस्थलका रूपमा परिचित थियो। आगलागीपछि सार्वजनिक तस्बिरहरूमा बारभित्रका फर्निचर, पर्खाल र छत पूर्ण रूपमा जलेर नष्ट भएको तथा बाहिर शव राखिएका झोलाहरू लस्करै देखिएको छ।

बैंककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले बारभित्र प्रयोग गरिएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। साथै, केही पसलहरूले आपत्कालीन निकास मार्ग अवरुद्ध गरेको प्रारम्भिक सूचना प्राप्त भएको भए पनि यसको पुष्टि फरेन्सिक अनुसन्धानपछि मात्र हुने उनले बताएका छन्।

स्थानीय समयअनुसार राति करिब ११:३० बजे बाटो हुँदै गइरहेका एक चालकले बारमा आगो लागेको देखेपछि कार रोकी झ्यालको सिसा फुटाएर दुई जनाको उद्धार गरेका थिए। आगलागीको वास्तविक कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...