बझाङ जीप दुर्घटना : ३ को मृत्यु, १३ घाइते, हेलिकप्टर अवतरण असफल

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–७ को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार पहिलोपटक हेलिकप्टरले घटनास्थलको स्थान पहिचान गर्न नसकेर फर्किएको थियो भने दोस्रो प्रयासमा खराब मौसमका कारण अवतरण गर्न सम्भव भएन। हाल घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगिसकेको छ र चिकित्सकको टोली पनि उद्धार तथा उपचारका लागि पुग्ने क्रममा रहेको छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र ६ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी, दुर्गाथली–६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...