आज देशभर वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिमका तराईसहित मधेस, कोशी, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्छ।

Navadurga sun
Godawari sandesh

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनीका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

राति पनि अधिकांश स्थानमा बदली रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई र कर्णाली–सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी तथा गण्डकीका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Couple
Loading...