मनसुनी प्रभाव कायम: देशका विभिन्न क्षेत्रमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

Ganyapdhura gau

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

महाशाखाका अनुसार सोमबार देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुन सक्नेछ।

कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Couple
Loading...