बसाइँसराइ रोक्न गन्यापधुरा गाउँपालिकाको नयाँ रणनीति

हरिश चन्द/डडेल्धुरा ७ असार- आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा गन्यापधुरा गाउँपालिकाले पुरुस्कार सहित घर निर्माणमा सहयोग गर्ने भएको छ । 

Ganyapdhura gau

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताउनु भयो  । उहाँले गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु गरेको र गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान समेत पाउने जनाएको छ । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जुनसुकै ठाँउका ब्यक्तिहरु र गाउँ फर्केकाहरूलाई आफ्नो घर बनाउदा पालिकाले घर निर्माणमा सहयोग  कृषि, पशुपालन, फलफूल खेती, जडीबुटी उत्पादन र प्रशोधन लगायत निर्माण, शीपमूलक व्यवसायको तालीम सञ्चालन गरी व्यवसाय विस्तार गर्न केही रकम अनुदान दिई आधुनिक उपकरणबाट खेती विस्तार गरी रोजगारी उपलब्ध गराउने समेत अध्यक्ष कार्कीको भनाई रहेको छ । 

वर्षभरि यातायात सञ्चालन हुने गरी जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्म र स्थानीय तहदेखि ग्रामीण इलाकासम्म सडक मर्मत गरि द्रुतगतिमा अघि बढाई कृषि उपजको व्यापार सहज गर्ने स्थानीय मानिसको बसाइँसराइ कम हुन सक्ने  जानकारहरुको भनाई छ ।

विविध प्रकारको तालीम प्रदान, कृषिमा सहयोग र आधुनिकीकरण, रोजगारीका अवसरको सृजना, प्रदान गर्ने व्यवस्थाले बसाइँसराइ समस्या न्यूनीकरणमा सहयोग पुग्न सक्ने प्रमुख प्रसाशकिय अधिकृत दिलिप तामाङको भनाई रहेकाे छ । 

Loading...