मन्त्रीहरूलाई परिणाममुखी काम गर्न मुख्यमन्त्री शाहको निर्देशन

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

Dadeldhura hospital

मङ्गलबार आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

Navadurga sun
Godawari sandesh

उनले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताए।

बैठकमा सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन्छ । रासस

Loading...