सुदूरपश्चिम सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नियुक्त गरिएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Dadeldhura hospital

नवनियुक्त मन्त्रीहरू विक्रम सिंह धामी, बेलबहादुर राना तथा मानबहादुर रावल ले क्रमशः आर्थिक मामिला, सामाजिक विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै, जुना दानी ले अर्थ राज्यमन्त्री तथा मधु भारती ले सामाजिक विकास राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् । मुख्यमन्त्री कमलबहादुर शाह ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि र शक्ति सन्तुलनको विवाद व्यवस्थापन गर्न मन्त्रिपरिषद् हेरफेर गरेको बताइएको छ ।

नयाँ नियुक्तिसँगै कांग्रेसभित्र विभिन्न समूहबीच प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको चर्चा छ । मन्त्रिपरिषद् पुनर्गठनपछि प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी बन्ने, राजनीतिक स्थायित्व कायम हुने तथा शक्ति समीकरणमा नयाँ सन्तुलन आउने अपेक्षा गरिएको छ । कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ यो कदमलाई महत्वपूर्ण राजनीतिक निर्णयका रूपमा हेरिएको छ ।

Loading...