असहयोग गर्नेलाई जिम्मेवारीबाट हटाइन्छ : गगन थापा

धनगढी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसका आधिकारिक सदस्यले पार्टीको चुनाव चिन्ह रूख बाहेक अन्य चिन्हमा मतदान गर्न नपाइने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले कांग्रेसका क्रियाशील सदस्य, नेता तथा जनप्रतिनिधिले पार्टीको उम्मेदवारलाई नै मतदान गर्नुपर्ने स्पष्ट पारे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“उम्मेदवार मन परेन भन्दै अन्तै चिन्हमा भोट हाल्न पाइँदैन । त्यसको कुनै तर्क हुँदैन,” थापाले भने, “मेरो डिस्नरीमा त्यो छैन ।”

उनले कांग्रेसका कार्यकर्ताले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हबारे सोच्न पनि नहुने बताए ।

सभापति थापाले २१ फागुनको निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि पार्टी जिम्मेवारीबाट हटाइने चेतावनीसमेत दिए ।

“जसले पार्टीको जिम्मेवारीमा बसेर उम्मेदवारलाई असहयोग गर्नुभयो, उहाँहरूलाई जिम्मेवारीबाट बाहिर राखिन्छ,” उनले भने ।

Loading...