साताभर देशभर वर्षा जारी रहने, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसमविदहरूले हालको मौसमी प्रणाली छिट्टै सुधार नहुने संकेत दिएका छन्। जल तथा मौसम विज्ञान विभाग का अनुसार यो साताभर देशका अधिकांश स्थानमा वर्षा जारी रहनेछ, विशेषगरी गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

Ganyapdhura gau

गण्डकीका तराईदेखि हिमालसम्मका क्षेत्रमा लगातार वर्षा र हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ। बीच–बीचमा पानी रोकिने भए पनि फेरि वर्षा हुने क्रम जारी रहने अनुमान गरिएको छ।

Navadurga sun
Godawari sandesh

तराई क्षेत्रमा मंगलबारसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेश का धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश मा भने तुलनात्मक रूपमा कम क्षेत्रमा वर्षा हुने अनुमान छ।

Dadeldhura hospital

पहाडी भेगमा पनि साताभर वर्षा जारी रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी प्रदेशमा हप्ताभर र अन्य प्रदेशमा मंगलबारसम्म केही स्थानमा भारी वर्षा हुन सक्छ।

हिमाली क्षेत्रमा पनि हिउँ वा वर्षा हुने क्रम जारी रहनेछ। आइतबारदेखि मंगलबारसम्म धेरै स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ भने त्यसपछि केही स्थानमा मात्रै सीमित हुने अनुमान गरिएको छ।

हाल मधेश र सुदूरपश्चिम बाहेकका अधिकांश प्रदेशमा वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा गुल्मीको मुसिकोटमा ८६.६ मिलिमिटर मापन भएको छ। साथै देवघाट, नवलपुर, अछाम लगायतका क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको छ भने पछिल्ला केही घण्टामा कास्कीको पोखरा, स्याङ्जा र लमजुङका विभिन्न स्थानमा भारी वर्षा भएको छ।

मौसमविदहरूले आवश्यक सतर्कता अपनाउँदै मौसमको नियमित अपडेट हेरेर मात्रै दैनिक कामको योजना बनाउन सुझाव दिएका छन्।

Couple
Loading...