हरिश चन्द/डडेल्धुरा १७ असार- गन्यापधुरा गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीयसरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माणकार्य हालसम्म ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।






गाउँपालिकाका सव इन्जिनियर केशव शाहुका अनुसार गाउँपालिकाको वडा नम्बर २गणेशपुरस्थित निर्माणाधीन भवनको हालसम्म ८० प्रतिशत आर्थिक र ९० प्रतिशत भौतिक प्रगति भएको छ ।

साझेदारी अनुसारको सङ्घीय सरकारले समयमै बजेट नपठाउँदा भवन निर्माणमा ढिलाइ भइरहेको छ । भवनको कूल लागत छ करोड ५३ लाख भएको सभ इन्जिनियर केशवले जानकारी दिनुभयो ।
तीन तले भवनमा विास सहित ४० वटा कोठा तयार भईसकेकाछन भने ढोका र पेन्ट लगाउनेकाम भईरहेको पालिकाले जनाएको छ । ११ रोपनी जग्गा रहेको पालिकाको ८ रोपनिमा भवन निर्माण हुन लागेको प्रमुख प्रसाशकिय अधिकृत दिलिप तामाङले जानकारि दिनु भयो ।
पछल्लो समयमा निर्माण कम्पनिलाई पालिकाले समय समयमा ताकेता गरेपछि भवन निर्माण गतिलेएको छ । भवन निर्माण भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताउनुभयो ।
गत वर्ष नै भवन निर्माणकार्य सम्पन्न हुनुपर्नेमा सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा निर्माणमा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष कार्कीको भनाई छ । हाल २ नम्बर वडामा पर्ने कृषि भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ ।




