सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमूना विद्यालय स्थापना गरिने

काठमाडौँ- सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्री, सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागको जानकारी दिए ।

Navadurga sun

शिक्षामन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।

सरकारले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबीच समन्वय गर्ने निर्णय गरेको छ । त्यसका लागि अवधारणापत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...