सुदूरपश्चिममा एक महिनामा ५३ लागूऔषध मुद्दा दर्ता, ८६ जना पक्राउ, आत्महत्याका घटनामा बृद्धि 

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा लागूऔषध सम्बन्धी गतिविधि चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनामा मात्रै ५३ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । ती घटनामा ४ महिला र ८२ पुरुष गरी कुल ८६ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २ किलो ६० मिलिग्राम चरेस, ९९ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन र १०५ एम्पुल फेनारगन बरामद गरिएको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी, सोही अवधिमा जम्मा ३०५ अपराधका मुद्दा दर्ता भएका छन् । जसमा ज्यान सम्बन्धी ५८, आत्महत्या सम्बन्धी ५२, चोरी सम्बन्धी १३, सङ्गठित तथा आर्थिक अपराधका ६१, सामाजिक अपराध ५३, महिला तथा बालबालिका सम्बन्धी २२, सवारी ज्यानका १५ र अन्य ३१ वटा मुद्दा रहेका छन् । जघन्य अपराधका मात्रै ६२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

आत्महत्याका घटना बढ्दो

फागुन महिनामा ५२ जनाले आत्महत्या गरेका छन् । तीमध्ये २१ पुरुष, १९ महिला, ३ बालक र ९ बालिका रहेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्ट का अनुसार ४६ जनाले झुन्डिएर र ६ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन्।

उमेर समूहअनुसार हेर्दा ३१–४० वर्षका व्यक्तिहरू सबैभन्दा बढी (१५ जना) रहेका छन् । त्यसपछि १०–२० वर्ष समूहका १३ जना, २१–३० वर्षका १० जना, ४१–५० वर्षका ६ जना र ५० वर्षभन्दा माथिका ८ जना रहेका छन् ।

प्रदेशमा लागूऔषध र आत्महत्या दुवै समस्या गम्भीर रूपमा बढ्दै गएको देखिन्छ, जसले सामाजिक र सुरक्षात्मक चुनौती थपिएको संकेत गर्दछ ।

 

Loading...