आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Dadeldhura hospital

आज दिउँसो हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ।

Navadurga sun
Godawari sandesh

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Loading...